विराटनगर, ७ असोज । विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरीले विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५र२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन ।

हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको प्रहरीले जनाएको छ । बताए । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन । सडक आवतजावत गर्ने स्थानीयबासीले दुर्गन्ध आएपछि आइतबार हृयुमपाइप भित्र हेर्दा शव भेटेका थिए । हत्या गरी फालिएको हुन सक्ने आशंका सहित घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएका छन् ।

यसअघि विराटनगर महानगरपालिका १४ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गत साउन १८ गते नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । कल्भर्टमुनिको दहमा नग्न अवस्थामा भेटिएकी युवतीको अझै पहिचान हुन सकेको छैन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter