असोज, काठमाडाैँ । अमेरिकी सरकाले ग्रिनकार्ड लिन नयाँ नियम बनाएको छ । अमेरिकाले फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको हो । नयाँ निमय अनुसार फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाइएको छ।

करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो। नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवस सुवधा लिनेहरुलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ। अमेरिकी सरकारका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter