पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेर सार्वजानिक गरेको छ । कास्की प्रहरीले उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरि बुधबार सार्वजनीक गरेको छ ।

कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले उनी सगँ अन्यलाई अनुसन्धान गरिएको भएपछि अन्य दोसी नदेखिएको बताए । रानाले प्रहरीले बेलैमा अपराधीलाई खोजी गरि पक्राउ गरेको बताए । उनले बिहान देखी नै रक्सी खाएर मातेका पौडेलले बलत्करा गर्ने खोजे पछि प्रतिका गर्दा घटना भएको बताए ।

सोमबार साझँबाट हराएकी श्रीयाको मंगलबार बिहान शव भेटिएको थियो । प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । त्यसैले प्रहरी छिमेकी नै संलग्न भएको निचोडमा प्रहरी पुगिसकेको थियो । घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

हत्यारा

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी र कास्की प्रहरीका प्रमुख ओम रानाको टोलीले अनुसन्धान गरेको थियो । पोखरा घटनामा संलग्नलाई कडाभन्दा कडा कार्वाहीको माग राख्दै पोखरा बिरोध जुलुस र प्रहरी कार्यालय अगाडी स्थानीयहरु धर्ना दिएका छन् ।

घटना विवरण: 
श्रीया मामाघर नै बस्थिन् । स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन् । सोमबार पनि उनी स्कुल गईन् । हजुरआमा मेला गएकी थिईन् । खाजा खानेबेला पानी आएको थियो । स्कुलबाट श्रीया सार्थीसँगै फर्किरहेकी थिईन् । ओँत परेर बसेकी हजुरआमासँगै स्कुलबाट फर्केकी श्रीया बसिन् । हजुरआमाले खाजा खाईसकेको र चिया खान बाँकी रहेकाले त्यो चिया श्रीयाले खाईन् ।

shreya BK

पानी बिदा भएपछि उनकी साथी आफ्नो घरतिर गईन् । हजुरआमा नातिनी सँगै घर फर्के । कपडा फुकालेपछि भोक लाग्यो भनिन् । माइजुले खाजा बनाएको होला खाउ भनेर हजुरआमाले भनिन् । पाँच रुपैंया लेउ भन्दै ढिपी कसिन् । हजुरआमाले पाँच रुपैंया दिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गए । घाँस लिएर आउँदा श्रीया भेटिनन् । भोटे भोटे भनेर हजुरआमाले बोलाईन् । कतै सुनिएन । कान्छी फुपु, हजुरबुबा कसैलाई पत्तो भएन ।

पाँच रुपैंया पाएपछि श्रीया पाँच मिनेटको दुरीको पसलमा समेत पुग्न पाइनन् । मेलामा हजुरआमाको भाग चिया मात्र खान पाएकी थिईन् । घरमा माइजुसँग खाजा पनि खाईनन् । हजुरआमाले दिएको ५ रुपैंया लिएर उनी नजिकैको पसलतिर दौडिन् । यो मंगलबार ५ बजेपछिको समय हो ।

खाजा पसल त्यो गाउँकै जक्शन हो । जहाँ बेलुकी समय भिडभाड हुने गर्दछ । केटाहरु भेला हुन्छन् । स्थानीय २७ वर्षीय कुशम पौडेलले पसलमा रक्सी खाए । उसको ग्याङमा ५ जना थिए । गाँजा पनि खाए । कुशुमले ब्याग पनि बोकेका थिए । प्रत्यक्षदर्शीका अनुसार असिन पसिन देखिन्थ्यो ।

बेलुकी ६ बजेपछि पाँच जना आ आफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे । श्रीया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । ५ रुपैंया लिएर पसल हिँडेको ? आउ म दिन्छु पैसा भने, हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।

त्यसपछि कुशुमले श्रीयालाई समाते । श्रीया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफै बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले । बालिका रक्ताम्ये भईन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए ।

हत्या गर्न प्रयोग गरेको ढुंगा र श्रेया को शव

 

त्यसपछि कुशुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए । श्रीयालाई राती अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।

लास उठाउँदै प्रहरी

मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की सहितको टोली मुभ भयो । लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थल सोझिए । तालिम प्राप्त कुकुर साथमा थियो । कुकुर १०० मिटर वरपर अलमलियो ।

श्रेयाकि अचेत ठुलीआमा र प्रहरीले फेला पारेका प्रमाणहरु

कास्की प्रहरीले अन्त्यन्त गम्भिर भएर अनुसन्धान अघि बढायो । कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्की सहितको जिल्ला टीमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो । सुरुमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो । कुशुम पौडेलले घर जाँदा बाटोमा भेटिएकी श्रीयालाई आफूले बलात्कारपछि हत्या गरेको स्विकार गरे ।

को हुन् अभियुक्त कुशुम पौडेल ? 
पोखरा २२ पुम्दीभुम्दकीका कुशुम पौडेलको घरमा श्रीमती र छोरा छन् । बुबा आमासँग छुट्टै बस्थे । काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए । एक डेढ वर्ष अघि फर्केर घरमै थिए ।

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्शन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋणमार्फत जोहो गरेकी थिईन् । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन ।

भिडियो: गन्थन डट कम 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter