पोखरा, असोज ११ ।
पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरेर उनी भागेका थिए । विहानैदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो ।
श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनको परिवारमा अन्य सदस्य नरहेको बताइएको छ । गुरुङलाई प्रहरीले बिहीबार विहान गगनगौंडाबाट पक्राउ गरेको छ । गएराति श्रीमतीको हत्या गरेर घरमै बसेका गुरुङ बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेकी थिइन् । त्यसपछि उनले ढुंगाले तीन पटक टाउकोमा हान्दा श्रीमतीको मृत्यु भएको थियो ।
ढुंगाले हानेपछि मर्यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ । विहान भने पक्राउ पर्ने डरले खोला पारी गएर लुकेको उनले बताए । मतिकाे आफुले हत्या गरेको खवर छिमेकीलाई छोडेर उनी भागेका कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । श्रीमतिलाई प्यारालाईसिस भएको बताईएको छ ।