काठमाडौं । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेकाले ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्प र सुनामीले ६५ हजार ७३३ घर भत्किएका छन् भने सयौं विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका छन् । विस्थापितहरूलाई राज्यका १ सय ९ स्थानमा शिविर बनाएर राखिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter