काठमाडौं, असोज १८— सरकारी अदूरदर्शिता र लापरबाहीका कारण दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।

यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अड्चन उत्पन्न भएको हो ।

९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी स्रोतले दिएको छ । काठमाडौंमा ‘बा ९९ प’ मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् । ९९ लट पूरा भएपछि बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

विभागले नयाँ मोटरसाइकलको दर्ता खुलाउन नियमावली संशोधनका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाइसकेको र केही दिनमा नै समस्या समाधान हुने जानकारी विभाग स्रोतले दिएको छ । नियमावली संशोधनबारे विभागले समयमै पहल नगर्दा सबभन्दा बढी मोटरसाइकल बिक्री हुने चाडबाडको सिजनमा दर्ता रोकिएको हो ।

विभागले अघि बढाएको नियमावली संशोधन प्रस्तावमा अब तीन डिजिटमा लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न सकिने प्रावधान राखेको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter