असोज, काठमाडाैँ । सामुहिक बलात्कारको अभियोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतालार्इ १० बर्षको जेल सजाँय तोकिएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलार्इ अदालतले कैद सजायँ सुनाएको हो । उनी पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन ।

क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । क्षेत्री २०७४ चैत्र १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए । १६ वर्षीया बालिकालाई तीन जना मिलेर सामूहिक बलात्कार गरेका थिए । क्षेत्रीका साथै कुश्मा नगरपालिका–५ का सुजल श्रेष्ठ र फलेवास नगरपालिका–६ का सौगात शर्मा पौडेलले बालिका बलात्कार गरेका थिए ।

बाग्लुङको चैते दसै मेलाबाट फर्कदै गरेका दुई जना बालिकाललाई मोटरसाइकलमा लिफ्ट दिने भन्दै उनीहरुले होटलमा लगेर बलात्कार गरेका थिए । दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षीया बालिकालाई भाग्न खोज्दा खोज्दै समातेर बलात्कार गरेका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter