काठमाडौँ, २२ असोज । सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै राष्ट्रिय जनपा पार्टी (राजपा) तिहारपछि सडक संघर्षमा उत्रिने भएको छ। राजपाले सरकारलार्इ दिएको समर्थन फिर्ता लिँदै सडक संघर्षमा उत्रिने तयारी गरेको हो ।

राजपाका महासचिव केशव झाले सरकारले आफ्ना मुद्धाहरुलार्इ बेवास्ता गरेकाले राजपाले दशैं–तिहारपछि सडक संघर्ष गर्न लागेको बताए । ‘हामीले आफ्ना माग सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलार्इ बुझाउँदै छौं,’ उनले भने, ‘माग सम्बोधन नभए दशैं–तिहारपछि सडक संघर्ष गर्ने निर्णय हामीले गरिसकेका छौं।’

महासचिव झाले सरकारबाट समर्थन फिर्ता लिएको जानकारीसहितको ज्ञापनपत्र सबै जिल्लाका सिडियोलार्इ बुझाइसकेको पनि उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म प्रधानमन्त्री केपी ओलीसँग भेट्ने समय निश्चित नभएकाले सरकारलाई बुझाउन बाँकी छ।

ज्ञापनपत्रमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र बन्दीहरुको रिहाइ गरी पार्टीले उठाउँदै आएको संविधान संशोधनको विषयमा सरकार गम्भीर नभए समर्थक फिर्ता लिन राजपा बाध्य हुनेकुरा उल्लेख गरेको महासचिव झाले बताए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter