काठमाडौँ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सामान्य राज्यमन्त्री जीतु गौतम होटलमा जागिर खान पुगेको खुलासा भएको छ । गौतमलाई पाँचतारे होटल हायातले परामर्शदातामा नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएकाखबत गाैतम राज्यमन्त्री भएका थिए । उनले शेयर बजारका विषयमा देखिएका समस्या समाधान गर्ने राजनीतिक नेतृत्वसँग काम गर्नैछन् । साथै उनलाई होटलको सञ्चालक कम्पनी तारगाउँ रिजेन्सी होटलले नियुक्त गरेको हो ।

साथै उनका लागि सोही होटलमा कार्यालयसमेत स्थापना गरिदिएको छ । उनले पारिश्रमिकवापत मासिक १ लाख ७० हजार रुपैयाँ पाउनेछन् ।
-http://www.gandakitimes.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter