काठमाडौं, असोज २४ -काठमाडौंको सितापाइला चोकमा गएराति ट्याक्सीले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् ।

गएराति सवा १२ बजे बा२ज २५६९ नम्बरको ट्याक्सीले बा६६प ४६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक काभ्रेपलान्चोकको रोशी गाउँपालिका घर भई कलंकी बस्ने २३ वर्षीय निरज लामाको ज्यान गएको छ । उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भुमा गएराति पौने २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाईकलमा पछाडी सवार रोशी गाउँपालिका कै २३ वर्षीय प्रकाश तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्याक्सीमा सवार स्याङजाको भिरकोट नगरपालिका ६ का ३१ वर्षीय खगेन्द्र थापा भने उपचार पश्चात घर फर्किसकेका छन् ।ट्याक्सी चालकलाई महानगरीय प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter