काठमाडौं, असोज २५ – बिहीवार आज शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख उपसचिव लालबाबु साह ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।साहलाई वीरगञ्ज- १४ स्थित उनको सरकारी निवासबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

विद्यालयको भवन निर्माणका लागि निकासा भइसकेर पनि बैंकमा रोक्का भएको रकम फुकुवा गरिदिने भन्दै घुस लिँदै गरेको पूर्वसूचनाका आधारमा खटिएको अख्तियारको टोलीले साहलाई घुससहित पक्राउ गरेको हो । यस बारेमा थप अनुसन्धान शुरू भएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter