धादिङ- धादिङ जिल्लास्थित पृथ्वी राजमार्गमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भीमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

ज्यान जानेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सावित्री तामाङको उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परेको टिप्पर सडकबाट ६ सय मिटर तल खसेको छ । टिप्परमा रहेका अन्य तीन जनालाई उपचारका लागि काठमाडौंमा रहेको ट्रमा सेन्टर पठाइएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter