काठमाडौं, असोज ३१

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको उपाधिका लागि भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । साउदी अरेबियामा गएराति भएको खेलमा ब्राजिलले लियोनल मेसीविनाको अर्जेन्टिनालाई १(० ले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध नेयमार, कोउटिन्हो र फिर्मिनोको आक्रामक जोडीले प्रभाव जमाउन सकेन ।

अर्जेन्टिनाले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन र एन्जल डे मारियालाई पनि विश्राम दिएको थियो । यसका बाबजुद रक्षात्मक रुपमा युवा टोलीले राम्रो प्रदर्शन गर्यो । ब्राजिलले भने खेल अवधिभर बिरलै राम्रो आक्रमण बुन्न सक्यो । युरोपमा नाम कहलिएका खेलाडीलाई मैदानमा उतारेको ब्राजिलले अर्जेन्टिनाको युवा टोलीलाई समस्या दिन सकेन ।

अर्जेन्टिनाका लागि फरवार्डहरुले उल्लेख्य आक्रमण गर्न नसके पनि डिबालाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो । त्यसअघि निकोलस ओटामेन्डीले मिरान्डाकै हेडरलाई गोललाइनबाट क्लियर गरेका थिए । अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो । रुसमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक बर्खास्तमा परेर लिओनेल स्कालोनीले टोलीलाई सम्हालिरहेका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter