काठमाडौं, असोज ३०/ पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक परिवर्तन उपलब्धिमुलक नहुने भन्दै समिक्षा र आत्ममुल्यांकनको घडि आएको बताएका छन् । विजया दशमीको अवसर पारेर दिएको शुभकामना सन्देशमा उनले घुमाउरो पारामा राजतन्त्र फालेर ल्याएको गणतन्त्र उपलब्धि मुलुक नभएको भन्दै समिक्षाको माग गरेका हुन् ।

करिब एक महिना लामो विदेश भ्रमण गरी मंगलबार स्वदेश फर्किए लगत्तै समस्त नेपालीको नाममा जारी सन्देशमा पूर्व राजा शाहले देश बचाउन सबैसँग आग्रह गरेका हुन्। ‘देश बन्ने, बनाउने सपना देखेका हामी नेपाली, राजनीतिक परिवर्तनको नाममा समेटिएका असामायीक तथा असान्दर्भिक कार्य सूचिहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ता जनक अवस्थामा आइपुगेका छौँ’, उनले भनेका छन्। सन्देशमा उनले कुनै नेता या दल विशेषलाई किटान नगरे पनि अहिलेका राज्य सञ्चालकहरु तथा परिवर्तनकारी शक्तिहरुले आफूसँग भएको सहमतिको सम्मान नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञप्तीको पूर्णपाठ-

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter