काठमाडौं : भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन ।

सूचना पाएपछि युट्यूबले ट्वीट गरेर यसका लागि माफी मागेको छ । युट्यूबले ट्वीट गरेर भनेको छ, ‘हामी पुन: आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद। यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस ।’

यसभन्दा पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । ‘युट्यूब टीभी र ‘युट्यूब म्यूजिक’ चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो । तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter