काठमाडौं।
चीनले सडक बत्तिलाई विस्थापित गर्दै अब कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा राति आकाश उज्यालो बनाउने गरी फेक मुन बनाउने भएको हो ।

चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने छ । यस्तै यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ ।

छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्को प्रतिक्रियाहरूलाई समेटेर समाचार प्रकाशित गरेको भएपनि अहिलेसम्म यस योजनाका बारेमा धेरै कुरा बाहिर सार्वजनिक गरेको छैन । वुका अनुसार केही वर्षदेखि प्रयोगहरू हुँदै आइरहेका छन् । यो प्रविधि अन्तिम चरणमा छ । सन् २०२० सम्ममा व्यवहारिक रूपमा नै सम्भव देखिएको छ ।

सन् २०२२ भित्रमा तीनवटा ठूला स्याटेलाइट प्रक्षेपण गर्न सकिने उल्लेख गरिएको छ । कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । अहिलेसम्म प्रकाशित समाचारमा भने यसमा सरकारी सहायता छ की छैन भन्ने खुलाइएको छैन ।

यस्तै चाइना डेलीका अनुसार नक्कली चन्द्रमाले एक ऐना जसरी काम गर्छ । जहाँ सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । यो चन्द्रमा अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ । वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर टाढा रहेर परिक्रमा गर्छ ।

यसको प्रकाशले १० देखि ८० किलोमिटरसम्म समेट्छ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ । इन्स्चिच्युटका अध्यक्ष वुका अनुसार यो चन्द्रमाको चमक र शुद्धतालाई नियन्त्रण गर्न सकिन्छ ।

बीबीसी हिन्दीकाे सहयाेगमा

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter