काठमाडौं,कात्तिक ७ – बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । उनको श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी थिईन् । उनि पाल्पाका विभिन्न एफ।एम रेडियोमा समेत प्रस्तोतामा रुपमा गर्दै आएकी थिईन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनिहरु चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।

घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter