काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी–कर्मचारीसहितको विदेश भ्रमण रोकिएको छ । मन्त्रालय र समितिको १९ सदस्यीय टोलीले सरकारी खर्चमा गर्न लागेको भ्रमण रोकिएको हो । टोली यही ९ कात्तिकदेखि १५ कात्तिकसम्म थाइल्याण्ड र भियतनाम जाने तयारीमा थियो । भ्रमणको सबै खर्च विकास समितिले व्यहोर्ने व्यवस्था गरिएको थियो ।

भ्रमण टोलीमा विकास समितिका ११ जना पदाधिकारी तथा मन्त्रालय र समितिका ५ जना कर्मचारी तथा तीन जना विभाग र मन्त्रालयका मकर्मचारी गरी जम्मा १९ जना भ्रमण टोलीमा सहभागी हुने कार्यक्रम रहेको थियो । जसको खर्च करिब ४० लाख रहने भएको थियो । कालिमाटी तरकारी तथा फलफूल विकास समितिका १९ जना पदाधिकारीहरु वैदेशिक भ्रमणमा जान लागेकोबारे हेल्लो सरकारमा गुनासो परेको थियो ।  ‘यस सन्दर्भको भ्रमण वैदेशिक भ्रमण निर्देशिका, २०७५ को मर्मविपरीत रहेको देखिएकोले सो भ्रमण नगर्न र नगराउन’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन दिइएको हेल्लो सरकारले जनाएको छ ।

भ्रमण गर्न विकास समितिका अध्यक्ष सुवेदीसहित ११ जना पदाधिकारी तथा विकास समितिका ५ जना कर्मचारी र मन्त्रालय र कृषि विभागका तीनजना कर्मचारी तयारीमा रहेको उनले बताए । प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा भ्रमण औचित्यहीन भएको उजुरी परेको थियो । उजुरीको कारवाहीस्वरुप कार्यालयले मन्त्रालयसँग औचित्य माग्दा चित्तबुझ्दो औचित्य नआएपछि भ्रमण रद्द गर्ने निर्णय गरेको र सोही अनुसार निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter