काठमाडौं । अस्थायी शिक्षक परीक्षाको नतिजा तिहार पछि मात्रै सार्वजनिक गरिने भएको छ । शिक्षक शिक्षक सेवा आयोगका अनुसार तिहार अगावै सार्वजनि गर्न तयारी कम पुगेकोले नतिजा प्रकाशनमा ढिलाई भएको हो ।

कापी रुजु र इन्ट्रिको काम बाँकी रहेको हुँदा तिहार अगाडि नतिजा सार्वजनिक नहुने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । यसअघि दशैं अगावै नतिजा प्रकाशन गर्ने आयोगले जनाएको थियो ।

दशैं पछि पनि दशैं र तिहारको बीचमा नतिजा प्रकाशन गरिने बताएको थियो । तर अब तिहारपछि मात्रे नतिजा प्रकाशन गरिने भएको हो । गत असारमा अस्थायी शिक्षकको परीक्षा लिईएको थियो । त्यस्तै, खुलातर्फको उत्तरपुस्तिकार रुजु गर्ने काम पनि भईरहेको आयोगले जनाएको छ ।

असार २९ र ३० गते लिईएको परीक्षामा २३ हजार २ सय ८६ आवेदन परेको थियो । शिक्षक सेवा आयोगले २२ हजार ७६ पदका लागि भर्ना आह्वान गरेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter