काठमाडौँ, १७ कात्तिक । उर्जामन्त्री वर्षमान पुन अनन्त छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका छन् । नेकपाका स्थायी सदस्य समेत रहेका मन्त्री पुनको छातीमा दुखाई बढेपछि शुक्रबार राती ११ बजेतिर नर्भीक अस्पतालमा पुर्याइएका थिए ।
नर्भिकमा मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा यादव भट्टसहितका चिकित्सक जुटेका थिए । अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा मुटुको सबै रिपोर्टहरु समान्य आएको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन् ।
उनले लेखेका छन्:
‘छातिमा सामान्य समस्या देखिएपछि माननीय उर्जामन्त्री वर्षमान पुन नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँको उपचार डाक्टर यादव भट्टको टिमले गरिरहेको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउदछु ’