काठमाडौँ, १९  कात्तिक । भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ ।

उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए ।

‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने । औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।

उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।’

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter