काठमाडौं,कात्तिक २३- स्याङ्जाको भीरकोट नगरपालिका–६ बाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडेलाई खालबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भीरकोट–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन्। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ३ लाख ५६ हजार ३०० रुपैयाँ नगद र ताससहित उनीहरूलाई पक्राउ गरको हो।

पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter