धादिङ, कात्तिक २५/ धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजना पैदन यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेहरू वडा सदस्य र उनकी १९ वर्षिय छोरी रहेका छन् । काठमाडौँ आउँदै गरेको up75 AT5208 नम्बरको ग्यास बुलेट अनियन्त्रित भइ आइतबार दिउसो करिव १२ बजेतिर सडकमा हिँडिरहेका ३५ वर्षिय गीता नेपाली र उनकी छोरी सुनितालाई ठक्कर दिएको थियो ।

गीता बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य हुन्। उनीहरूलाई ठक्कर दिएको बुलेट पनि सडकबाट १० मिटर तल खसेको छ। बुलेटका चालक र सहचालक भने सकुशल छन्। बुलेट पल्टिएलगत्तै ग्यास लिक भएको थियो। दुर्घटनाग्रस्त बुलेटमा आगलागी हुन नदिन दमकलले पानी छ्यापेको थियो। स्थानीय ग्यास स्टेसनका प्राविधिकहरूले बुलेट सिल गरेका थिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter