अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा बिहीवारदेखि लागेको आगलागीमा परेर २३ मानिसको ज्यान गएको छ । करिब तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीवार लागेको आगोलाई ‘क्याम्प फायर’को नामले पनि चिनिन्छ । क्यालिफोर्नियाको अग्नी विभागका अनुसार जोडले चल्ने हावाको कारण आगो एक लाख ७० हजार एकड क्षेत्रफलमा फैलिएको छ ।

क्षतिको अनुमान गर्न कठिन
क्यालिफोर्नियाको आपतकालीन सेवाका निर्देशक मार्क गिलारडुचीको अनुसार ‘आगोले गर्दा भएको क्षति अनुमान गर्न गाह्रो छ । जति पनि आगोबाट प्रभावित भएकाहरुलाई हाम्रो समवेदना उनीहरुको साथ छन् । बूट काउन्टीका सेरिफ कोर होनियाले मृत्यु भएका ११ जनाको पुष्टि गरेको छ । धेरै मानिसहरु हराइरहेको बताइएको छ । जंगलबाट लागेको आगालागीले सयौँ घर, रेष्टुरेन्ट र गाडीहरु जलेको अफिसरहरुको भनाई छ ।

आगो क्यालिफोर्नियाको मालिबु रिसोर्ट सम्म पुगेको छ । यसको लोकेसनको कारण, रिसोर्ट हलिवुट स्टारहरुमा धेरै लोकप्रिय छ । यहाँ लियोनार्दो डिक्याप्रियो, ज्याक निकल्सन, जेनिफर एनिस्टन, हेली बेरी र ब्राड पिट जस्ता ठुला स्टारहरुका घर पनि छन् । रियलटी टीवी स्टार किम कार्डशियन कोस्टल मलीबूमा बस्छन् । किमको अनुसार आगोको कारण उनलाई पनि घर छोड्न आदेश दिइएको छ ।

क्यालिफोर्नियामा आपतकालिन घोषणा
क्यालिफोर्नियाका गभर्नर–इलेक्ट गेभिन न्युजले राज्यमा आपतकालको घोषणा गरेको छ । आगो प्रभावित क्षेत्रमा तत्काल मद्दत पु¥याउन निर्देशन दिएको छ । आगो निभाउन ४ हजार काम गर्ने व्यक्ति तैनाथ गरिएका छन् । हेलिकप्टरको पनि मद्दत लिइएको छ । प्याराडाइज क्षेत्रमा बस्ने व्यक्ति केविन विन्स्टेडका अनुसार, आगो तल्लो भेगमा पुगेको छ ।

अफिसरहरुको अनुसार अहिले सम्म एक लाख भन्दा बढी मानिसहरु हटाइएको छ । भेन्च्यूरा काउन्टीको फायर विभागका अनुसार आगो ३५ हजार एकडमा फैलिएको छ । ८८ हजार घरहरु खाली गर्न आदेश दिइएको छ ।

क्यालिफोर्नियामा भएको आगलागीको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो टिप्पणी गरे, ‘‘ क्यालिफोर्नियाको आगो एक मिनेटमा ८०–१०० एकडमा फैलिरहेको छ । यदी मानिसहरुलाई चाँडो निकालिएन भने तिनीहरु आगोमा फस्ने छन् । आगोलाई नियन्त्रणमा लिन ४ हजार भन्दा बढी मानिसहरु तैनाथ गरिएको छ । आगो अहिलेसम्म एक लाख ७० हजार एकडमा फैलिसकेको छ ।’’

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter