पोखरा, कार्तिक २८ । दुई महिना अघि पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कार पछि हत्या भएको घटनाले पूरै देश उम्लियो । १० बर्षिया बालिकाको छिमेकी कुशुम पौडेलले बलात्कार पछि हत्या गरेका थिए । गएको असोज ८ गते साँझ श्रेयाको हत्या भयो ।

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा खटियो । तर हत्यारा पत्ता लगाउन हम्मेहम्मे प¥यो । छिमेकमै रहेका हत्यारा पौडेल गाउँ छोडेर गएका थिएनन् । बरु प्रहरी गाउँमा पुग्दा साथीहरुसँगै बसिरहेका थिए ।

तर उनको अनुहार अघिल्ला दिनहरुमा जस्तो चम्किलो थिएन । केही मलिन देखिएका कुशुमलाई प्रहरीको तालिमप्राप्त कुकुरले पनि पछ्यायो । अघिल्लो दिन हत्यापछि उनी हिडेको बाटो हुँदै कुकुर गाउँतिर पस्यो । कुशुम आफु नजिक कुकुर नआएपछि केही खुशी पनि भए ।

उनको खुशी केही समय पनि टिक्न पाएन । कुकुर हिडेकै बाटो र उसकै सहायतामा २४ घण्टाभित्र हत्यारा कुशुम प्रहरीको फन्दामा परिहाले । हत्याको भोलिपल्ट उनै कुशुम के गर्दै थिए ? डिएनएले खिचेको भिडियोमा उनी यस्तो अवस्थामा देखिए –
dnanepal.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter