मंसिर, काठमाडौँ । सिन्धुपाल्चोककाे इन्द्रावती नदीमा वडाअध्यक्ष धनबहादुर श्रेष्ठ मृत भेटिए । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ६६ वर्षीय श्रेष्ठको शव सेती दोबानको झोलुङ्गे पुलमूनि इन्द्रावती नदीको बीचमा भेटिएको हो ।

श्रेष्ठको शव प्राथामिक स्वास्थ्य केन्द्र मेलम्ची लगिएको र उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले दिउँसोको ३ बजेतिर इन्द्रावती नदिमा श्रेष्ठको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जुन नदि काभ्रे र सिन्धुको सिमाना भएर बग्छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter