चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेको छ। यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ ।

चीनको एकेडमी अफ साइन्ससँग आवद्ध इन्स्टिच्युट अफ प्लाज फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण भइरहेको छ। यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ्ग टोकामक (इस्ट) नाम दिइएको छ ।

यसलाई खास सूर्य जस्तै आकारमा डिजाइन गरिँदैछ । यो सौर्यमण्डलको मध्यमा अवस्थित कुनै तारा जस्तै ऊर्जाको भण्डार उपलब्ध गराउन सक्रिय हुनेछ ।

समाचार अनुसार इस्टलाई एक मेसिनमार्फत तयार गरिनेछ । यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिनेछ । तर यसलाई एक दिनका लागि चालू गर्दा १५ हजार डलर खर्च हुनेछ । अहिले यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स द्वीपमा राखिएको छ ।

इस्टलाई मुख्यरुपमा न्युक्लियर फ्यूजनपछिको विज्ञान बुझ्न र पृथ्वीमा ऊर्जाको नयाँ विकल्पका रुपमा प्रयोग गर्नका लागि बनाइएको हो । आगामी दिनमा यो प्रविधि स्वच्छ ऊर्जा पैदा गर्ने अहम स्रोत साबित हुन सक्नेछ ।

अहिलेको समयमा विश्वमा न्युक्लियर फिजन (परमाणु संलयन) मार्फत् ऊर्जा पैदा गरिँदैछ । तर यो नयाँ प्रविधिबाट पैदा हुने आणविक फोहोर भने मानिसका लागि निकै खतरनाक मानिएको छ ।

चन्द्रमा बनाउने परियोजना
चीनले यसअघि नै उज्यालोको स्रोतका लागि आकाशमा कृत्रिम चन्द्रमा बनाउने घोषणा गरिसकेको छ। यसमार्फत् वैज्ञानिकले रातको समयमा देशको सडकलाई उज्यालो बनाउन चाहेका छन् । यसका लागि केही ठुलो स्याटेलाइटको प्रयोग गरिनेछ। यसबाट ऊर्जा पनि बचाउने काम हुनेछ । यो चन्द्रमा सन् २०२२ सम्म प्रयोगमा ल्याइने भएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter