काठमाडाैँ । राष्ट्रपतिकाे गाडी खरिद प्रकरणबारे सरकारले मुख खाेलेकाे छ । बिहीबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रबिधिमन्त्री गाेकुल बास्काेटाले पत्रकार सम्मेलन मार्फत गाडी खरिद प्रकरणकाे खण्डन गरेका हुन । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले राष्ट्रपतिकाे माग नभइ सरकारले गाडी खरिद गर्न लागेकाे जानकारी दिए । उनले यसमा समाचारमा अाएका विषय भ्रमपूर्ण र खेदजनक रहेकाे बताए । राष्ट्रपति भवन विस्तारकाे विषय पनि प्रचार गरिएजस्ताे नभएकाे बताए ।

लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले भर्खरै स्थापित संस्थालाई बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको भन्दै मन्त्री बाँस्कोटाले त्यसबाट सबै सचेत रहनुपर्नेमा जोड दिए । गणतन्त्र विरोधीको शैलीमा कतिपय अन्जान व्यक्तिहरुले पनि जानी नजानी टिप्पणी गरिरहेका छन् भन्त्री बास्कोटाको भनाई थियो ।

सम्मानित संस्थालाई विवादित गर्ने उद्देश्यले गाडीको विषय उठाइएको मन्त्री बास्कोटाले स्पष्ट पारे । १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको मन्त्री बास्कोटाले जानकारी दिए । राष्ट्रपति र उपराष्ट्रपतिले अहिलेसम्म सरकारसँग यस्तो चाहियो भनेर नमागेको भन्दै प्रवक्ता बास्कोटाले भन्नुभयो, ‘यो सरकारको आफ्नो कर्तव्यको विषय हो ।’

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter