काठमाडौँ, १० मंसिर । डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १५ औं पटक अनसन बसेका डा केसी सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अर्को अनसनको तयारीमा लागेका हुन् ।

सम्झौता कार्यान्वयनका लागि सरकारलाई तीन हप्ताको समय दिने र यो समयमा सरकारले सम्झौता कार्यान्वयन नगरे अनसन सुरु गर्ने डा. केसीको आन्दोलनका सहयोगी डा।अभिषेकराज सिंहले जनाएका छन् ।

यसअघि सरकारले डा. केसीसँग चिकित्सा शिक्षा ऐन ल्याउने र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका सम्झौता गरेको थियो । तर, सरकारले अहिलेसम्म सम्झौता कार्यान्वयन नगरेपछि डा केसी फेरि अनसन बस्न लागेका हुन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter