काठमाडौं,मंसिर १२ , ठमेलमा रहेको एक चाइनिज रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएकी छन् । क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको रुटाफ रुपमा कोठा खोज्दै पुगेकी युवती बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्ने अन्यको भने नाम खुलाइएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter