मंसिर १६, पोखरा/ काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल घुससहित पक्राउ परेका छन् ।आइतबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो ।

लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथी मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter