काठमाडौँ, १७ मङ्सिर । घुससहित पक्राउ परेका पर्साका प्रहरी सहायक निरीक्षक प्रमाेदप्रसाद साह निलम्बनमा परेका छन् । प्रहरी चौकी गुणगाईंमा कार्यरत प्रहरी सहायक निरीक्षक साह शनिबार सीमा नाकामा तस्करी गर्ने व्यवसायीसँग घूस लिँदालिँदै पक्राउ परेका थिए।उनलार्इ जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो।

प्रहरी आन्तरिक शुद्धिकरण अभियान अन्तर्गत खटिएको टोलीले असई साहलाई रंगेहात पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

एक व्यवसायीसँग छ हजार पाँच सय घूस लिइरहेको बखत साह पक्राउ परेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी रेवती ढकालले साहको बयानमा चित्तबुझ्ने आधार नदेखिएपछि निलम्बन गरिएको बताए ।

साहलाई निलम्बनका लागि आइतबार प्रदेश नम्बर २ प्रहरीमा लेखी पठाइएको थियो। प्रदेश प्रहरीले साहको निलम्बन स्वीकृत गरेको एसपी ढकालले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter