नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश कमिटी सदस्यको विवाद बल्झिएको छ। मंसिर १२ गतेको सचिवालय बैठकपछि नेताहरूले प्रदेश कमिटी टुंगो लगाएको दाबी गरेका थिए। टुंगिएको भनिएको एक साता बित्न लाग्दासमेत नेकपाले नाम सार्वजनिक गरेको छैन।

मंसिर १२ गतेको सचिवालय बैठकले केही नाम थप गर्ने र केही हटाउने समझदारी जुटाएको थियो।

प्रदेश १, २ र ३ को नाम अन्तिम भए पनि अन्य प्रदेशको टुंगो लाग्न बाँकी रहेको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयबाट टुंगिएका कतिपय व्यक्ति मापदण्डमा नपर्ने भन्दै सार्वजनिक गर्नबाट रोकेको ती सदस्यले जनाए।

नेपाललको असन्तुष्टिपछि पुन: नाम टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिइएको छ।

‘केही थप्ने र हटाउने नाम पानामा टिपिएको थियो’, ती सचिवालय सदस्यले भने, ‘ती नाम समावेश गरेपछि अब फेरि एकपटक अध्यक्षद्वयले हेरेर टुंगो लगाउनुहुन्छ।’

असोज ५ गतेको बैठकबाट नेकपाले प्रदेश इन्चार्ज-सहइन्चार्ज तथा अध्यक्ष-सहअध्यक्ष टुंगो लगाएको थियो।

नेता नेपालले आफू विदेशमा भएका बेला प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको भन्दै त्यतिबेलासमेत विरोध गरेका थिए।

इन्चार्ज र अध्यक्ष चयन भएको तीन महिना बितिसकेको छ। तर अझै प्रदेश कमिटी बन्न सकेको छैन।

‘उहाँहरूलाई सम्मेलन (एसिया प्यासेफिक समिट) बाटै फुर्सद छैन’, ती सचिवालय सदस्यले असन्तुष्टि पोख्दै भने, ‘कहिले नाम टुङ्ग्याउनु हुन्छ ठेगान छैन।’

पार्टी एकता घोषणा भएको ९ महिना पुग्न लाग्दा समेत नेकपाले जिल्ला कमिटी र जनवर्गीय संगठनको एकतासमेत गर्न सकेको छ।
सेतोपाटि डट कम बाट 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter