काठमाडौं – नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने कलेज भर्ना भएका छन्। स्नातक पढ्नको लागि राजधानीको जेभियर इन्टरनेशनल कलेजमा भर्ना भएका हुन्।

उनी तीन वर्षे ब्याचलर इन सोसल वर्क पढ्नका लागि कलेज भर्ना भएका हुन्। सन्दीप जेभियर कलेजका ब्रान्ड एम्बासडर पनि हुन्।

सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजले बताएकाे छ ।

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter