काठमाडौं । मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी छोरी श्रृंखला खतिवडालाई हौसला प्रदान गर्न उनक आमाबाबु चीन जाने भएका छन् । आफूहरू उपस्थित हुँदा छोरीको हौसला बढ्ने अपेक्षासहित बुबा विरोध खतिवडा र प्रदेश-३ की सांसदसमेत रहेकी आमा मुनु सिग्देल खतिवडा बिहीबार चीन जान लागेका हुन् ।

उनीहरूसँगै २० जनाको टोली चीन जानेछ । त्यसका लागि टिकट बुकिङ भइसकेको प्रतिनिधिसभा सदस् समेत रहेका बाबु विरोध खतिवडाले जानकारी दिए । चीन जाने टोलीमा आफन्तहरू छन् ।

‘शृंखलाको हौसला बढाउन परिवारको र सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै हामी चीन जान लागेका हौँ,’ बुबा विरोधले भने, ‘आशा गरौँ, हाम्रो उपस्थितिले उनको हौसला बढ्नेछ।’

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter