काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तन गराएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेको छ । ओली सहित युनिभर्सल पिस फेडेरेशनका नेपाल स्थित प्रमुख एकनाथ ढकाल विरुद्ध धर्म परिवर्त गराएको मुद्दा काठमाडौं प्रहरी कार्यालयमा पुगेपनि प्रहरीले दर्ता भने गर्न दिएको छैन ।

ओली र ढकाल विरुद्ध हेटौंडा उपमहानगरपालिका ७ घर भएका हाल काठमाडौं हनुमानस्थान बस्दै आएको अधिवक्ता भूपेन्द्र पोखरेलले मुद्दा दिएका थिए ।
मुद्दामा ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धित अपराधमा सजाय माग गरिएको छ ।

मंसिर १३, १४, १५, १६ र १७ गते राजधानीको ह्यात होटलमा सम्पन्न एशिया प्यासिफिक सम्मेलनका क्रममा धर्म परिवर्तन गरार्ईएको भन्दै पोखरेलले उजुरी दिएका हुन् ।

यस्तो छ जाहेरीको प्रति

सम्पूर्ण श्रोत: diyopost.com

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter