ठमाडौं- मिस वर्ल्ड २०१८ को फाइनलमा पुगेका प्रतियोगीहरुको भोट बिहीबारदेखि खुलेको छ। मिस वर्ल्डको आधिकारिक फेसबुक पेजले सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। उक्त जानकारी अनुसार मिस वर्ल्डको प्रत्‍यक्ष प्रसारण शनिबार साँझसम्‍म भोट खुल्ला रहनेछ।

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी छिन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। त्यस्तै, उनले ब्युटी विथ पर्पोज विधामा पनि उपाधि कब्जा गरेकी हुन्।

यसअघि मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा छानिएर थिइन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्।

भोट को लागि निम्न एप मार्फत भोट गर्न सकिनेछ,

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter