मंसिर -२१, पोखरा/ तँपाई संग पुराना काम नलाग्ने लुगा छन् र कता लगेर फालमवा थन्को लगाउँ भएको छ भने तपाइले आफ्ना पुराना लुगा दान गर्न सक्नुहुनेछ । पोखरामाविगत १६ बर्ष देखि समाजसेवामा अग्रसर रोटर्याक्ट क्लब अफ पोखराले तपाइँका पुरानालुगा लगेर, त्यसलाई पेलेर डसनाको रुपमा आवाश्यक स्थानमा वितरण गर्नेछ ।

डसना वितरण गर्दै कार्यक्रम संयोजक अमृत सुवेदी

रोटर्याक्ट पोखरा न्यानो कार्यक्रम अन्तर्गत काम नलाग्ने पुराना लुगा हामीले फोहोर बनाएर फाल्ने तरजाडोको बेलामा धेरै जनता चिसोले ज्यान गुमाउने अवस्था हुँदा त्यस्ता पुराना लुगासंकलन गरेर संस्थाको आफ्नै खर्चमा डसना बनाएर वितरण गर्न लागिएको  रोटर्याक्ट पोखरा न्यानो कार्यक्रमका कार्यक्रमसंयोजक अमृत सुवेदीले बताए ।

कार्यक्रमको पहिलोचरणमा शनिबार रोटर्याक्ट क्लब अफ पोखराले पोखरा भलाम स्थित हरिहर गुफा बृदाआश्रममा १४ गोटा डसना वितरण गरेको छ । कार्यक्रमको पहिलो चरण जस्तै अन्य स्थानमापनि डसना वितरण गरिने योजना संस्थाको रहेको र संस्थालाई थप  पुराना कपडा आवाश्यक रहेको हुँदा, काम नलाग्नेपुराना कपडा नफालेरै राख्न र रोटर्याक्ट क्लब अफ पोखरालाई प्रदान गरिदिनहुन क्लबकाअध्यक्ष अनिश पालिखेले अनुरोध गरेका छन् । ‘कपडा जम्मा गर्दिनुस, पुर्याउन नसकेहामि आफैं पनि आएर संकलन गर्छौ’ उनले बताए । आफ्ना घरमा मात्रै नभई आफ्नो छरछिमेक,आफ्ना साथीभाई सबै संग फालिने कपडा संकलन गरेर सदुपयोग गरि सम्पर्क गरिदिन उनलेअनुरोध गरेका छन् ।

डसना वितरण गर्दै क्लबका सदस्य

“हामीले होलि मनाएर टिशर्ट र अन्य लुगा हरु फाल्ने हुँदा, बिभिन्न विपत्ति आउँदा सदुपयोग गर्न सकिने भनेर हामीले गएको होलिमा टिशर्ट र अन्य लुगा संकलन गरेका थियौं । केहिले लुगाहरु धोएर दिनुभयो, केहिले होलिको रंग संगै, हामि आफैले त्यसलाई सफा गरेर राखेका थियौं तर भाग्यवश हामीले त्यस्तो कुनै विपत्ति सामना गर्नु परेन, अहिले तिनै लुगा हरु र त्यसमा अन्य थप गरेर हामीले न्यानो कार्यक्रमका लागि सदुपयोग गर्यौं र गर्दैछौं, क्लबका प्रेसिडेन्ट ईलेक्ट विश्वदर्शन पराजुलीले जनाए ।

पुराना लुगा संकलन अभियानमा लुगा प्रदान गर्नु मन लागेमा ९८०४१९९९९२, ९८४६३८०९३९ र ९८५६०५६०९८मा सम्पर्क गर्न सकिने क्लबकि उपाध्यक्ष निर्मला सुवेदीले बताईन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter