काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठकमा नेता सुरेन्द्र पाण्डेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई घोचपेच गरेका छन् ।

पछिल्लो समय असन्तुष्ट रहेका पाण्डेले एसीया प्यासिफिक समिटलाई लिएर नेपालको घोचपेच गरेका हुन् ।यसक्रममा उनले नेकपाका नेताहरू क्रिश्चियन भइसकेको आरोप लागेको र यसमा नेपालले प्रतिरोध गरिरहेको चर्चा गरेका पाण्डेले नेपालतिर फर्कँदै भने,‘सुनपानी छर्कनुस्, नत्र हामी पनि तपाईसँगै सती जाने बेला भयो ।’ पाण्डेलाई नेपाल गुटका नै नेताका रूपमा चिनिन्थ्यो ।

बैठकमा उनले नेकपा नेताहरूले क्रिश्चियन सम्मेलनलाई दिएको महत्वले ओज घटेको पनि बताए । ‘मौका पाउनासाथ कसरी गाली गरौं र जनतामा भ्रम छारौं भन्नेका लागि मुद्दाको विस्कुन सुकाइदिए पछि कसको के लाग्छ ?’, पाण्डेले थपे,‘कतिपयले त बहुमतको दम्भले लम्पसार परिसके पनि भने । यो कुरा नेता जति सबैले हेक्का राख्नपर्छ ।’

नेकपा स्थायी कमिटीको बैठक बुधबार बसेको थियो । फेरि विहीबार बस्नेगरी स्थगन भएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter