स्याङ्गजा जिल्लाबाट प्रदेश सांसद निर्वाचित भएका सांसद मिनप्रसाद गुरुङले पोखरामा घरजग्गा नभएको जानकारी गराएका छन् । सांसद मिनप्रसाद गुरुङ भन्छन्  पोखरामा घरजग्गा केही छैन, पत्रपत्रिकाले नबुझी समाचार सम्प्रेषण गरेछन् । गुरुङले प्रेस बिज्ञप्ति जारी गर्दै सामाचार झुटो रहेकाले तथ्य बुजेर मात्र समाचार सम्प्रेषण गरिदिनुहुन पनि अनुरोध गरेका छन् ।

येस्तो छ गुरुङ्गको  प्रेस विज्ञप्ती 

प्रेस विज्ञप्ती
प्रदेश सांसदको घर भाडा लिएको सम्बन्धमा केहि सञ्चार माध्यमहरुमा प्रकासित भ्रामक, कपोकल्पीत तथा गलत समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो, मेरो श्रीमती, छोरा र बुवाआमाको नाममा कास्की जिल्लाभित्र कुनै घर, जग्गाजमिन समेत नरहेकोले सञ्चार माध्यमहरुमा आएका “पोखरामा घर भएर पनि घरभाडा लिएको” भन्ने समाचार सत्य नभएको जानकारी गराउन चाहन्छु ।
प्रदेशसभा सचिवालयबाट के कस्तो सुविधा प्रवाह भएको छ, मैले अद्यावद्यि गर्न पाएको छैन । समाचार केहि ढिलो गरि सूचित भएकोले प्रतिकृया सम्प्रेषणमा विलम्व भएकोमा सम्पूर्ण शुभचिन्तकहरुमा क्षमा प्रार्थी छु । सुसाशन र पारदर्शीताद्धारा सभ्य समाजको ध्येयप्रति सम्मान व्यक्त गर्दै तथ्यपरक , खोजमूलक र मर्यादित सूचनाद्धारा समाजलाई दिशानिर्देश गर्नबाट विमूख भई आग्रह र अन्योलमा समाचार प्रकाशित गरि कसैको चरित्र हत्या गरि निष्ठा र विश्वासमा आधात नगर्न र नहोस् भन्ने अपेक्षा, आग्रह र अनुरोध गर्दछु ।

मिनप्रसाद गुरुङ
स्याङजा १ ख

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter