काठमाडौं, पुष १९

मकवानपुरकी १२ वर्षिया बालिका गंगामाया चेपाङले छोरीलाई जन्म दिएकी छन् । राक्सिराङकी गंगामाया प्रजाले बुधबार राजधानीको प्रसुतीगृहमा छोरीलाई जन्म दिएकी हुन् ।

दिउसो १२ बजेर ५७ बजे शल्यक्रियामार्फत् उनको प्रसूति गराइएको अस्पतालले जानकारी दिएको छ । १२ वर्षको कम उमेरमै गर्भवती भएकी गंगामाया बारे समाचार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाउँदै उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएका थिए। मंसिर ५ गते उनलाई काठमाडौं ल्याइएको थियो।

हुन त यसअघि पनि नेपालमै ११ वर्षकै उमेरमा बच्चा पाएको घटना पनि सार्वजनिक भएको थियो । विश्वको इतिहासमा भने ५ वर्षिया बालिकाले छोरोलाई जन्म दिएको घटना रहेको छ । पेरुमा लुना नाम गरेकी बालिकाले ५ वर्ष ७ महिनाको उमेरमा स्वस्थ बालकलाई जन्म दिएकी थिइन् ।

उनि बलात्कृत भएपछि बच्चालाई जन्म दिएको बताइदै आएको छ । यद्यपी सो घटना कसरी भयो भन्ने कसैलाई पनि अहिलेसम्म थाहा भएको छैन । उनमा दुई वर्षकै उमेरदेखी रजस्वला भएको बताइन्छ । संसारमा हरेक १ लाख बालिका मध्ये एकमा बच्चाको आमामा हुनुपर्ने गुण देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter