काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गर्न चाहने विद्यार्थी नै पाउन छाडेको छ ।

२०७० सालमा सात जना विद्यार्थी भर्ना भएकोमा २०७१ सालमा छ जना, २०७२ सालमा दुई जना, २०७३ सालमा एक जना र गत २०७४ सालमा शून्य विद्यार्थी रहे । यस वर्ष नयाँ भर्ना खुला भएको छ, तर विद्यार्थी नआउलान् कि भन्ने चिन्ताले त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापकहरूलाई सताउन थालेको छ ।

विभागले विहीबार आयोजना गरेको अन्तरक्रियामा त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले भन्नुभयो, “विद्यार्थीले जागिर र बजारको मागलाई ध्यान दिँदा मानविकी संकायका धेरै विषयमा पाइन छाडेका छन् ।” उहाँले कतिपय प्राध्यापकको जागिर खाने मानसिकताले पनि कतिपय विषयमा विद्यार्थी घटेको बताउनुभयो ।

मानविकी संकायमा इतिहासबाहेक संस्कृति, हिन्दी, भाषाशास्त्र, बौद्धदर्शन लगायतका विषयमा पनि विद्यार्थी सङ्ख्या खासै छैन । अर्थशास्त्र, अङ्ग्रेजी, ग्रामीण विकास, समाजशास्त्र आदि विषयमा विद्यार्थी सङ्ख्यामा समस्या छैन । त्रिविमा २२ केन्द्रीय विभाग छन् र सो अन्तर्गत ४० विषयमा पठनपाठन हुँदै आएको छ ।
गोरखापत्रबाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter