वासिङटन : अमेरिकामा संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच देखिएको विवाद साम्य हुन सकेको छैन। यसबाट ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय संकट बढेको बताएका छन्।

बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। अमेरिकी संसद्ले पर्खाल निर्माण कार्य अनावश्यक र बढी खर्चिलो भन्दै ट्रम्पले माग गरेको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ।

राष्ट्रपतिले बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राखेका छन्। संसद् र राष्ट्रपतिका अडानका कारण विगत १८ दिनदेखि संघीय कार्यालयहरू बजेट अभावमा आंशिक बन्द भएका छन्। करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter