विराटनगर, १३ माघ । सिंगिया खोलामा ११ वर्षीया बालिका रुपमती दास (गुडिया) मृत अवस्थामा भेटिएकी छन् । शनिबार राति ८ बजेबाट सम्पर्कविहीन भएकी रुपमति दास विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा मृत भेटिएकी हुन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ र कटहरी गाउँपालिका वडा नम्बर २ को सीमानामा रहेको सिंगिया खोलामा निवश्त्र अवस्थामा बालिकालाई हत्या गरेर फालिएको भेटिएको मोरङ प्रहरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

उनका अनुसार बालिकाको अनुहारमा रगत बगेको छ । प्रहरीले बालिकाकाे बलात्कारपछि हत्याकाे आशंका गरेकाे छ ।

रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा आमा मन्नीदेवी दासले बताइन् । तर उनी छिमेकीकहाँ टिभी हेर्न पुगिनन् । छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद दास पहिले नै टिभी हेरिरहेका थिए ।

स्थानीयको सहयोगमा परिवारले रातभर बालिकाको खोजबिन गरेका थिए । तर बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरे । बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेकी थिइन् ।

बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन् । घटना करिब ६ महिनाअगाडि कञ्चानपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकृतिको देखिन्छ । निर्मलाका हत्यारा अझै पत्ता लागेका छैनन् ।

डिएसपी खड्का नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उनले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएका छन् । उनका कपडा भने भेटिएका छैनन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter