कपिलवस्तु – कपिलबस्तु शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन् ।  बिहिबार घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागरे दुर्गाबहादुर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter