मान्छेलाई ‘रेड कार्पेट’ मा स्वागत गरेको त सुन्नु भएको होला। देख्नु भएको होला। भिआइपी, भिभिआइपी तथा बिशिष्ठ व्यक्तिहरुलाई ‘रेड कार्पेट’मा स्वागत गर्ने चलन छ।

तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ दमकललाई ‘रेडकार्पेट’ मा स्वागत गरिएको छ । ५९ लाख ५० हजार मूल्यको बारुणयन्त्रलाई नगरपालिकाले रेडकार्पेटमा स्वागत गरेको हो।

३ हजार २ सय लिटर क्षमताको सो बारुणयन्त्रले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्यांक्न सक्ने क्षमता भएको नगरपालिकाले जनाएको छ। यो नगरपालिका साविकका ६ गाउपालिका मिलेर बनेको हो । केही समय अघि मात्रै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका तथा सियारी र ओमसतिया गाउपालिका मिलेर नयां बारुणयन्त्र सञ्चालनमा ल्याएका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter