बारा जिल्लाकै पहिलो सफ्टवेयर कम्पनी मुनसाईन टेक्नोलोजिले डिजीटल स्कुल निर्माणको निम्ति  स्कुल सफ्टवेयर/स्कुल एप सार्बजनिक गरेको छ | सो सफ्टवेयर को माध्यम बाट सजिलै विधार्थी व्यवस्थापन,शिक्षक ब्यवस्थापन ,कर्मचारी  ब्यवस्थापन  ,पेरोल ब्यस्थापन , पुस्तकालय ब्यस्थापन,मासिक बिल काट्न हप्तौ लाग्ने काम एकैचोटी एउटा क्लिक गरेको भरमा कक्षा भरिको मासिक बिल जेनेरेट गर्न मिल्ने,तेस्तै  मार्कसीट एबम कक्षा भरिको आइडी कार्ड सफ्टवयर मार्फत जेनेरेट गर्न मिल्ने फिचर  छ साथै अभिभाबक एबम बिधार्थी ले सजिलै युजर नेम र पस्वोर्ड प्रयोग गरि स्कुल पोर्टल एबम एप चलाउन सकिनेछ  |सो सफ्टवेयर को प्रयोग बाट स्कुल को प्रशासनिक काम एबम व्यवस्थापन ढुक्क सँग गर्न सकिने प्याब्सन बाराका अध्यक्ष एब्म बारा एकेडमी पिलुवा का फाउन्डर/प्रीन्सिपल  हरिदेव खरेलले बताउनु भयो |
 सफ्टवेयर खरिद गर्दा  तिन किसिम को मोबाईल एप (टिचर एप,स्टुडेन्ट एप ,प्यरेन्ट्स  एप )पनि प्रदान गरिन्छ | टिचर एप मार्फत शिक्षक् ले हाजिरी गर्ने मिल्ने  ,होमेवोर्क लगायत बिद्यार्थी लाई अवास्यक  नोट शेयर  गर्न मिल्छ भने विद्यार्थी एबम अभिभावकले चलाउने एप मार्फत चाहि बिद्यार्थी को परिक्षयाफल, हाल सम्म बुजाउनु पर्ने स्कुल को सुल्क हरु ,मासिक सुल्क को विवरण ,स्कुल बस को लोकेसन हेर्न मिल्ने ,सूचना समाचार एप मार्फत हेर्न मिल्ने लगायतको फिचर रहेको CEO जीवन थापाले बताए | अफर स्वरुप सो प्याकेजको खरिदमा स्कुलको वेबसाईट निसुल्क प्रदान गरिने छ |
सफ्टवेयर मा रहेको विशेषता यस प्रकार छन् |
 १.बिधार्थी व्यवस्थापन
 २. कर्मचारी व्यवस्थापन
 ३.पुस्ताकालय व्यवस्थापन
 ४. महिनावारी सुल्क मेसेज,इमेल ,एप मार्फत पठाउँ सकिने
 ५.लेखा व्यवस्थापन
 ६.सो सफ्टवेयरमा(teacher,receptionist ,admin,student,super admin,) ६ वटा प्यानल छ
 ७. मासिक सुल्क/बिधार्थी परिचय पत्र/मार्कसिट ,रिजल्ट, बिल एकै क्लिक मा काट्न सकिने
 ८.साप्ताहिक/मासिक/बार्षिक खर्च र आम्दानी को विवरण हेर्न मिल्ने
 ९. टिचर एप मार्फत हाजिरी,गृहकार्य,नोट्स बिधार्थी लाई पठाउन मिल्ने छ
 १०.स्टुडेन्ट एप मार्फत गृहकार्य हेर्न मिल्ने ,सूचना,समाचार,विभिन्न सुल्क को विवरण ,रिजल्ट .मार्कसिट ,स्कुल बसको लोकेसन एप मार्फत हेर्न सकिनेछ
 ११.बिधालयले को आवश्यकता  अनुसार मेसेजिंग सिस्टम अनलाइन पेमेन्ट सिस्टम राख्न सकिने
 १२.सम्पूर्ण अभिभावक हरुलाई एकै क्लिक मा सुल्क भुक्तानी को लागि मेसेज पठाउन सकिने  लगाएत स्कुल ब्व्वास्थापन को लागि चाहिने सम्पूर्ण चिज सो सफ्टवेयर मा समेटिएको छ
गतबर्ष श्रावण १ गते सिमरामा स्थापित यस कम्पनीले एक बर्षको अवधिमा सरकारी तथा निजि कार्यालय, होटल, अस्पताल, कलेज जस्ता कार्यालयको वेबसाईट तथा मोबाईल एप बनाएर सिमरामा स्थापित भईरहेको छ । प्रबिधिको बिकाससंगै समृद्धितर्फ उन्मुख जितपुरसिमरा उपमहानगरपालीकाकालागी एक महत्वपूर्ण कडिको रुपमा यस कम्पनी स्थापित हुने मुनसाईन टेक्नोलोजिका सि.ई.ओ थापाले दाबी गरे ।
जितपुरसिमरा उपमहानगरपालीका सँग सम्झौता गरि मोबाईल एप बनाएर उपमहानगरबासीका लागी कार्यालयको गतिबिधि लगाएत सम्पूर्ण जानकारी मोबाइल एप बाटै गराउन सफल भएको छ । यस कम्पनीले ४ जना सफ्टवेयर ईन्जिनियरलाई रोजगारी दिनुका साथै आउट सोसिंङ प्रोजेक्टहरु पनि गर्दै आएको छ ।
स्थानिय स्तरमा सफल सफ्टवेयर कम्पनीको रुपमा स्थापित हुदै बिद्यालय, ब्यापार ब्यवसाय, सहकारी, सरकारी तथा गैरसरकारी कार्यालयहरुसंग समन्वय गरी सफ्टवेयर सिस्टमको बिकास गर्ने उनले दाबी गरे ।
आगामी दिनहरुमा स्थानिय बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आईटिको आधारभुत ज्ञान दिने तयारी भैरहेको समेत उनले बताए । सफ्टवेयरको महत्वबारे राम्ररी जानकारी नहुदा सुरुवाती दिनमा चुनौती ब्यहोर्नुपरेपनि सबैको साथ सहयोग पाईएको र आगामी दिनमा डिजिटल स्कुल डिजिटल नेपाल , स्मार्ट  उपमहानगर निर्माण गर्ने जितपुरसिमरा उपमहानगरपालीको लक्ष्य पुरा गर्न उपमहानगरसंगै समन्वय गर्दै अघि बढ्ने थापाले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter