शुक्रबारदेखि सुरू हुने संसदको बजेट अधिवेशनका बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने भएको छ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन बैठकमा जाँदा सबै सांसदहरूलाई मास्क अनिवार्य गरिने भएको छ।

‘सांसदको बीचका दुई कुर्सी खाली राख्छौं’, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सेतोपाटीसँग भने, ‘सांसदलाई मास्क अनिवार्य गर्छौं। संसद भवन बाहिर हात धुन  साबुन पानी व्यवस्था गर्दैछौं।’

सांसदहरूको टेबलमा सेनिटाइजर राख्न लागिएको पनि उनले बताए। विश्व स्वास्थ्य संगठनले कम्तिमा एक मिटरको सामाजिक दुरी राख्न आव्हान गर्दै आएको छ। सोही मापदण्ड अनुसार दुई कुर्सी खाली राख्न लागिएको हो। संसद सचिवालयले सांसदको सिट समेत तोक्ने तयारी गरेको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter