नेपालकै दोस्रो ठुलो शहर पोखरा महानगरपालिका गण्डकी प्रदेशको राजधानी हो । ४३४.२४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको पोखराको जनसंख्या जम्मा चार लाख चौध हजार एक सय उन्पचास रहेको छ । पोखराबाट देखिने मनोरम हिमालहरुको दृश्य, शहरको बिच बाट बग्ने सेती नदी र शान्त तालहरु, विश्व भरिबाट पर्यटकहरु तान्न पर्याप्त छन् । पर्यटकीय हिसाबले नेपालकै उत्कृष्ट शहर पोखरामा दैनिक हजारौ पर्यटकहरु आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागे सँगै पोखरामा आगामी दिनमा पर्यटकहरुको चाप अझै बढ्ने निश्चित छ । नेपालकै पहिलो खुला दिशा मुक्त जिल्ला कास्कीमा पर्ने पोखरामा खुला दिशा मुक्त जिल्ला घोषणा भएको एक दशक बितिसक्दा पनि पर्याप्त मात्रामा सार्वजनिक शौचालयहरु बन्न सकेका छैनन् । स्मार्ट सिटि बन्ने होडमा लागिरहेको पोखराका सधै ब्यस्त रहने मुख्य स्थानहरुमा समेत सार्वजनिक शौचालयहरु नहुनु निकै दुखद कुरा हो । पर्याप्त मात्रामा सार्वजनिक शौचालयको अभावका कारण पर्यटक र ब्यवसायी लगायत दैनिक रुपमा पोखरा आवतजावत गर्ने सर्वसाधारणहरु समेत निकै मर्कामा परेकाछन् ।


पोखरा महानगरपालिकाको वातावरण शाखाले ३३ वटै वडा कार्यालयहरुसँग समन्वय गरि तयार पारेको तथ्याड्ढ अनुसार महानगर भरि जम्मा ४१ वटा सार्वजनिक शौचालयहरु छन् । उक्त तथ्याड्ढमा सार्वजनिक स्थान बाहेक अन्य विभिन्न स्थानमा भएका जस्तै ः विभिन्न कार्यालय हाताभित्रको शौचालय, धार्मिक स्थलहरुको हाताभित्रको शौचालय, विभिन्न क्लव, आमा समूहहरुको भवन हाताभित्रको शौचालय, पर्यटकिय स्थल जस्तै : गुफाहरु र अन्य पर्यटकिय स्थलहरुको हाताभित्र रहेका शौचालयहरु समावेश गरिएको छैन । यस तथ्याड्ढमा उल्लेख गरिएका सार्वजनिक शौचालयहरु मध्ये अधिकांश पो. म. न. पा कार्यालयको आर्थिक एवं प्राविधिक सहयोगमा बनेका हुन् भने, सञ्चालन एवं व्यवस्थापनमा स्थानीय समूदायहरुको भूमिका रहेको छ । यि विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरु पनि महिलामैत्री र अपाङ्गमैत्री छैनन् भने कतिपय शौचालयहरुमा पर्याप्त पानीको अभावका कारण प्रयोग नै गर्न नसकिने अवस्थामा छन् । महानगरपालिकाले २०७५/७६ मै बढि चहलपहल हुने १२ वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाउनुका साथै २०७६/७७ मा शौचालय निर्माणका लागि १ करोड विनियोजन गरेको भएपनि पनि हाल सम्म त्यसको नतिजा भने देख्न सकिदैन ।

पोखरा महानगरपालीका को सार्वजनिक शौचालय सम्बन्धि विवरण

वडा नंसार्वजनिक शौचालयको
संख्या
वडा नंसार्वजनिक शौचालयको
संख्या
वडा नंसार्वजनिक शौचालयको
संख्या
12121230
21130240
30141250
40150265
51161271
67170280
72180291
80191302
93200310
100218321
111220332
स्रोत : वातावरण शाखा, पोखरा महानगरपालिका

सार्वजनिक शौचालय बाँच्न लायक शहरको एउटा महत्वपुर्ण अङ्ग मात्र नभई प्रत्येक नागरिकको अधिकार समेत हो । नेपालको संबिधान २०७२ को धारा ३० मा प्रत्येक नागरिक लाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउनेहकको ब्यवस्था गरिएको छ भने धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिक लाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहँुच हुने हकको ब्यवस्था गरिएको छ तर संबिधानले नै ब्यवस्था गरेका यस्ता हकहरु बाट आज पनि नागरिकहरु बञ्चित छन् जसको एउटा उदाहरण को रुपमा पर्यटकीय नगरी पोखरामा रहेको सार्वजनिक शौचालयको अभावलाई लिन सकिन्छ । सार्वजनिक शौचालयको अभाव वास्तवमा स्वास्थ्य संगसगैं गतिशिलता र समानताको पनि चुनौति को विषय हो ।

स्थानीय तहको निर्वाचनको समयमा निकै ठुलो बहसको बिषय बनेको “स्मार्ट सिटि”का लागि पोखरा महानगरले पुर्वाधार निर्माणका कामहरु अगाडि बढाइरहँदा सर्वसाधारणका लागि अत्यावश्यक सार्वजनिक शौचालय जस्तो महत्वपुर्ण विषयलाई बेवास्ता गरेर के पोखरा स्मार्ट सिटि बन्न सक्ला ?

लेखक : मोनिका रानाभाट र प्रवेश गौतम

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter