पोखरा, २३ माघ /पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दीकोटमा विशाल महादेव मुर्ति निर्माणको चरणमा छ । गत जेठमा शिलान्यास भएको मुर्ति निर्माणका लागि अहिले अर्थ संकलनको काम चलिरहेको छ । ६ करोड लागत लाग्ने मुर्ति निर्माणका लागि मुर्ति निर्माण स्थलमा अघिल्लो बर्ष शिवपुराण तथा धार्मिक पर्यटन महोत्सव पनि गरिएको थियो ।

महोत्सवबाट नगद र जग्गा सहित १० करोड रूपैयाँ संकलन भइसकेको निर्माण समितिले जनाएको छ । समितिका सहसचिव प्रकाश बरालका अनुसार ८ करोड रुपैयाँ नगद र २ करोड बराबरको २० रोपनी जग्गा प्राप्त भैसकेको छ ।
पोखरा लेखनाथ महानगरपालिकाले पनि ३ करोड अनुदान सहयोग गर्ने भएको छ । करिब ६ करोडमा निर्माण हुने १ सय ८ फिटको शिव मूर्तिका लागि आधा रकम महानगरले उपलब्ध गराउने सम्झौता भएको सहसचिव बरालले जानकारी दिए ।

‘म्याचिङ फण्ड अन्तर्गत आधा आधा ब्यहोर्ने गरी मुर्ति राख्न लागिएको हो, उनले भने–महानगरले बजेट निकासा दिएकाले केही दिनभित्रै टेण्डर आह्वान गरेर तत्कालै काम थाल्छौं ।’ सम्झौतामा पोखरा लेखनाथ महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र समितिका अध्यक्ष चन्द्रकान्त बरालले हस्ताक्षर गरेका छन् ।

भारतीय नागरिक कमल जैनले करिब ३ करोड २६ लाख गर्ने शिवको मूर्ति निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता गरिसकेको छन् । समितिका सचिव बराल भन्छन्, ‘बेस बनेको १ हप्तामा मूर्ति उपलब्ध गराउने उहाँको प्रतिवद्धता छ ।’ यसका लागि जैन आफैले भारतबाट इन्जिनियर ल्याएर इस्टिमेट गरिसकेका छन् ।

उनले मेटालिक ग्लास फाइबरको मूर्ति दिने जनाएका छन् । २१ रोपनीमा ४० करोड लागतमा पुम्दीकोटमा विभिन्न संरचना निर्माण हुँदैछ । मुर्तिका लागि बजेट पुगेको र प्रोजेक्ट अनुसार थप रकम आवश्यक पर्ने भएकाले भारतीय दुताबास सँग पनि समन्वय भैरहेको बरालले बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter